आकर्षक सौन्दर्य चाहने महिलाहरुलाई बिभिन्न उपायहरु निस्किरहेको हुन्छ । महिलाहरुलाई आकर्षक र रुपवान बनाउन धेरै किसिमका उपायहरु रहेका छन् । जस्तो मेकअप देखि फेसियलसम्म रहेको थियो भने पछिल्लो पटक ब्यूटी सर्जरी पनि लोकप्रिय हुदैं गएको छ ।
यसैक्रममा हालै महिलाहरुलाई थप सुन्दरी बनाउन ड्राई ब्रसिङ आएको छ । सौन्दर्य बढाउने यो उपायमा महिलाहरुले पहिलाको जस्तो धेरै पैसा पनि खर्च गर्नु नपर्ने भएको छ । एउटा सामान्य मुलायम ब्रस भए हुने भएको छ ।
हाम्रो शरीरको बाहिरी छाला धेरै नै फोहोर हुने हुनाले पनि धेरैको सौन्दर्यमा निखार नआउन सक्छ । यस्तो अवस्थामा ड्राई ब्रसिङको प्रयोग गरेर छालामा रहेका फोहोरहरुलाई हटाउन मिल्छ । यो ब्रसिङले छालामा लागेको चिल्लोपनलाई पनि हटाउन सक्छ । त्यसैले नुहाउनु भन्दा ५–१० मिनेट अगाडी शरीरका छालामा ड्राई ब्रसिङ गर्नुपर्ने हुन्छ ।
ड्राई ब्रसिङ गर्दा शरीरको छालामा रहेको मृत कोशिकाहरु सजिलै निस्कन्छ भने शरीरका कुनै कुनै भागको छाला लाटो भैरहेको हुन्छ । यस्तो अवस्थामा ड्राई ब्रसिङ गर्नाले उक्त भागको छाला सक्रिय हुन समेत थाल्छ ।
शरीरमा छाला बाहिरी भागमा हुने हुनाले यस्ता छालाहरु मरिरहेको हुन्छ । मरेको छालाका भागहरु नहटाउदा उक्त छालामा धेरै तहहरु भएर बस्छन् । यसरी बसेका तहहरु पछि ठुलो ढिक्का भएर बस्ने समेत गर्छन् । यस्ता किसिमका मृत छालाका कोषहरु नुहाउदा भिजेर छालामै टाँसिएर बस्छन् भने छाला सुख्खा भएपछि पुरानै अवस्थामा आउछन् । त्यसैले यस्ता मृत छालाका कोषहरुलाई हटाउन नुहाउनु भन्दा अगाडी ड्राई ब्रसिङ गर्नु सबैभन्दा प्राकृतिक र भरपर्दो मानिएको छ । हालै प्रचलनमा आएको यो पद्धतिलाई धेरैले रुचाउन पनि थालेका छन् र अहिले ड्राई ब्रसिङ ब्यूटिको ट्रेण्डमा रहेको छ ।
ड्राई ब्रसिङ अरु बेला गरिरहनु पर्दैन । नुहाउनु भन्दा ५—१० मिनेट अगाडी मुलायम ब्रसलाई लिएर छालामा रगड्नु पर्छ । ब्रसलाई तल्लो भागवाट माथिल्लो भागमा लैजाने गरेर घोट्ने गर्नुपर्छ । यसरी घोट्दा शरीरको सबैभागमा घोट्नु राम्रो हुन्छ ।
शरीरको धेरैनै सेन्सेटिभ अंगमा भने सकभर घोट्नु हुदैन । यदी घोट्नुनै पर्ने हो भने बिस्तारै घोट्नु राम्रो हुन्छ । शरीरको अन्य भागमा पनि ड्राई स्किन घटाउने भनेर बेस्सरी घोट्नु हुदैन ।
यसरी ड्राई ब्रसिङ गर्नाले शरीरको छालमा मृत रहेका कोषहरु हटेर जान्छ र शरीरको छालामा चमक आउछ । यो कार्यले छालामा देखिने बिभिन्न किसिमका संक्रमणहरुमा पनि कमि आउछ ।
ड्राई ब्रसिङले महिलाको शरीरमा रहेको अनावश्यक रौंहरुको बृद्धिमा पनि कमि आउछ भने केही भागका रौंहरु हराउदै पनि जान्छन् ।
ड्राई ब्रसिङले शरीरको रक्त संचार पनि राम्रो हु्न्छ । जसको कारण छालामा देखिने चमक पनि बढ्दै जान्छ ।
प्रयोगकर्ताहरुका अनुसार नियमित रुपमा ड्राई ब्रसिङ गर्नाले शरीरमा रहेको बोसोको मात्रामा पनि कमि आउछ किनकी ड्राई ब्रसिङले रक्त संचारलाई राम्रो गर्छ भन्ने मान्यता रहेको छ ।





























प्रतिक्रिया