पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा आज सोमबार फूलपाती भित्र्याइएको छ। प्रत्येक वर्ष आश्विन शुक्लपक्ष (दुर्गापक्ष) सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रूपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती भित्र्याउने प्रचलन छ । सोही अनुसार आज विन्ध्यवासिनीमा विभिन्न थरिका फूल डोलीमा राखी फूलपाती भित्र्याइएको हो ।
फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए।











































प्रतिक्रिया