दसैँले छोप्यो, मेलामय बन्यो पोखरा टुडिखेल [तस्विरमा हेर्नुहोस्]

दसैँले छोप्यो, मेलामय बन्यो पोखरा टुडिखेल [तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
12
Shares

पोखरा । दसैँलाई लक्षित गरी पोखरा–१ स्थित टुँडीखेलमा सञ्चालन गरिएको अस्थायी बजारमा मानिसहरुको भीड देखिएको छ।

कपडा, जुत्ता, खेलौना र घरायसी सामग्री सस्तो मूल्यमा पाइने भएकाले बिहानदेखि बेलुकीसम्म किनमेल गर्नेहरूको भीड बढेको व्यापारीहरूले बताएका छन् । खुला मैदानभर कपडाका थुप्रा सजाएर विक्री भइरहेका छन् भने विभिन्न स्टल र छाप्रामा दैनिक उपभोग्य वस्तुहरू राखिएका छन्।

मेलाको आकर्षणका रूपमा फेरि–चक्र (फेरिस ह्विल)र बालबालिकाका लागि विभिन्न खेल सामग्रीहरू पनि राखिएका छन् । स्थानीयवासीहरूका अनुसार दशैंको तयारीका लागि यो अस्थायी बजारले विशेष सहजता पु¥याएको छ।

व्यापारी र सर्वसाधारण दुबैको भीडले टुडीखेल क्षेत्रमा मेलामय वातावरण सिर्जना गरेको छ ।

Logo