काठमाडौं ।
पत्रकार गोकर्ण गौतमको आज निधन भएको छ । टाउकोको नसा सम्बन्धि रोगको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीमा भर्ना गरिएका उनको आज मृत्यु भएको हो । २९ वर्षिय गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए ।
टाउकोको नसा सुनिएपछि उनको न्यूरो अस्पताल बाँसबारीमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल हुन नसकेपछि गौतमको निधन भएको हो ।
मकवानपुरका स्थायी बासिन्दा उनी काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका थिए । उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए ।































प्रतिक्रिया