नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न तयार छौँ: प्रधानमन्त्री मोदी

नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न तयार छौँ: प्रधानमन्त्री मोदी

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका छन्। साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Logo