काठमाडौं । बिना जानकारी कार्यस्थलबाट गैरहाजिर रहेका नेपाल प्रहरीका १८ जना कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । यदि तोकिएको समयभित्र सम्पर्कमा नआएमा नियमावली अनुसार सेवाबाट निष्कासन गरिने चेतावनी पनि दिइएको छ । गैरहाजिर हुनेहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।
































प्रतिक्रिया