अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग क्षतिग्रस्त छ । गत वर्षको असोजमा आएको भीषण बाढीले तहसनहस भएको उक्त राजमार्ग यस वर्षको बाढीले पुनःक्षतिग्रस्त बनेको हो । यस वर्ष अस्थायी ट्र्याक समेत बगाएपछि राजमार्ग पूर्णरुपमा बन्द हुन पुगेको थियो । विपी राजमार्गको अवस्था अवलोकन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली क्षतिग्रस्त स्थानमा पुगेको छ ।








































प्रतिक्रिया