हारबाट जोगियो जापान

हारबाट जोगियो जापान

केन्द्रबिन्दु
57
Shares

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जापान र दक्षिण अमेरिकी टोली पाराग्वे बीच २–२ गोलको रोमाञ्चक बराबरी भएको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुई पटक पछि परेको जापानले खेलको अन्तिम मिनेटमा गोल गर्दै हार टारेको हो।

पाराग्वेले खेलको २० औं मिनेटमा मिगेल अल्मिरोनको गोलमार्फत अग्रता लिएको थियो। तर, पाराग्वेको याे खुसी धेरै टिकेन। खेलको २६औं मिनेटमा कोकी ओगावाले गोल गर्दै जापानलाई १–१ को बराबरीमा फर्काए।

दोस्रो हाफमा पाराग्वेले पुनः अग्रता लियो। खेलको ६४ औं मिनेटमा डिएगो गोमेजले गोल गरेपछि पाराग्वे २–१ को अवस्थामा पुग्यो र जिततर्फ लम्किएको देखिन्थ्यो।

तर, जापानी टोलीले अन्तिम मिनेटसम्म पनि हार मानेन। नाटकीय मोडमा पुगेको खेलको इन्जुरी टाइममा आयासे युएडाले गोल गरेपछि जापानले खेल २–२ को बराबरीमा टुङ्ग्यायो। युएडाको यो ढिलो गोलका कारण पाराग्वेले आफ्नो अग्रता जोगाउन सकेन ।

Skip This
Skip This
Logo