राष्ट्रपतिसँगको बार्तामा बस्न नपाएको भन्दै शितल निवास अगाडी जेनजीको नाराबाजी

राष्ट्रपतिसँगको बार्तामा बस्न नपाएको भन्दै शितल निवास अगाडी जेनजीको नाराबाजी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रपतिसँगको बार्तामा बस्न नपाएको भन्दै शितल निवास अगाडी केही जेनजीहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीसँग छलफल गरिरहेका छन् ।

हामी नेपालसहित अन्य समूहका जेनजी प्रतिनिधिहरु छलफलमा सहभागी भएका हुन् । केही जेनजीहरु भित्र प्रवेश गर्न पाएका छैनन् । भित्र वार्ता चलिरहँदा बाहिर रहेकाहरुले नाराबाजी गरेका छन् ।

पुरुषोत्तम यादव, संविधान प्रसाईं, खेमराज साउदलगायतका जेनजी प्रतिनिधिहरु बाहिरै रहेका छन् । भित्र प्रवेश नपाएका उनीहरुले केहीबेर नाराबाजी गरेका हुन्।

‘हामी प्रदेश संयोजकलाई भित्र छिर्न दिइएन । हिजो छिर्न दिने भनिए पनि आज रोकियो’, जेनजी अगुवा खेमराज साउदले बताए ।शीतल निवासमा जारी छलफलका लागि जेनजीका तर्फबाट १७ जना प्रतिनिधि सहभागी हुने तय भएको थियो । पछि संख्या बढाइएको थियो ।

शितल निवास स्रोतका अनुसार २० बढी प्रतिनिधि छलफलमा सहभागी भएका छन् । छलफलमै सहभागी हुने भनी शीतल निवास पुगेका केही जेनजी भने अझै बाहिरै छन् । भित्र प्रवेश गर्न नपाएकाहरुले जेनजी अगुवा सुदन गुरुङले धोका दिएको आरोप लगाएका छन् ।

Logo