ओली बिरामी भएपछि एमाले सचिवालय बैठक स्थगित

ओली बिरामी भएपछि एमाले सचिवालय बैठक स्थगित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कमजोर भएका कारण नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए । ‘अध्यक्षलाई रुघाखोकीले समस्या भयो, त्यसैले बैठक स्थगित गरिएको छ‍’, अधिकारीले भने । उनका अनुसार आज स्थगित भएको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

केन्द्रीय कमिटीको एजेण्डा तय गर्न ओलीको निवास गुन्डुमा हिजोबाट सचिवालय बैठक सुरु भएको छ । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् । अहिलेकै नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने उनीहरुको भनाई छ ।

Skip This
Skip This
Logo