नारायण खतिवडाकाे नयाँ भजन ‘खुशी’ बजारमा [भिडियो]

नारायण खतिवडाकाे नयाँ भजन ‘खुशी’ बजारमा [भिडियो]

केन्द्रबिन्दु
129
Shares

काठमाडौं । गीतकार नारायण खतिवडाले नयाँ भजन ‘खुशी’ बजारमा ल्याएका छन् ।

खतिवडाको गहन शब्द सिर्जना, शिलाबहादुर मोक्तानको कर्णप्रिय संगीत/संगीत संयोजन र लोकप्रिय गायिका कुन्ती मोक्तानको सुमधुर स्वर रहेको भजन म्युजिक भिडियो नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको हाे ।

भजन गीतले मानिसको आन्तरिक ‘खुशी’ आत्मचिन्तनबाट मात्र प्राप्त हुने गहिरो सन्देश बोकेको छ। गीतमा आत्मचिन्तनका लागि भगवानप्रतिको चिन्तन एक सरल मार्ग बताइएको छ, तर भगवानमा विश्वास नराख्नेहरूले पनि आत्मचिन्तनबाटै साँचो खुशी पाउन सक्ने भावार्थ समेटिएको छ।

वर्तमानको भौतिकवादी परिवेशमा मानिसले भौतिक सुखसुविधाबाट क्षणिक आनन्द पाए पनि सुखी र खुशी बन्न नसकेको यथार्थलाई गीतले उजागर गरेको छ। यस अवस्थामा भौतिक सुखका साथै आध्यात्मिक चिन्तनबीच सन्तुलन आवश्यक रहेको सन्देश गीतको मुख्य भाव हो।

सन्देशमूलक यस भजनको म्युजिक भिडियोमा अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी सन्तोष मगर र ईश्वर राईले गरेका हुन् भने दृष्य सम्पादन सनम तामाङले गरेका छन्। उल्लेखनीय कुरा के छ भने, सार्वजनिक भएको यस ‘खुशी’ म्युजिक भिडियोको निर्देशन स्वयं गीतकार खतिवडाले गरेका छन्।

गीतकार खतिवडाका यसअघि ‘सम्झनाका पाइलाहरू’, ‘बहार’ जस्ता गीति पुस्तकहरू र ‘ढुकढुकी’ एल्बम प्रकाशन भइसकेका छन् भने उनका धेरै गीत र भिडियोहरू श्रोतामाझ आइसकेका छन्।

Skip This
Skip This
Logo