नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने

नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आईसीसी टी -२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

सुपर सिक्स चरणको यो खेल नेपाल र यूएई दुवैका लागि आगामी टी-२० विश्वकप २०२६ को यात्राका लागि महत्वपूर्ण छ।

समूह चरणमा जापान र कुवेतलाई पराजित गरेर सुपर सिक्समा प्रवेश गरेको नेपालले २ अंक साथमा लिएर यो चरण सुरु गरेको छ । समूह चरणमा पराजित भएको कुवेत बाहिरिएकाले कुवेतसँगको जितको अंक सुपर सिक्समा जोडिएको छैन। सुपर सिक्समा नेपालले यूएईसहित, कतार, सामोआ र ओमान गरी कुल चार टोलीसँग खेल्नेछ । यो चरणमा शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।

नेपाल र यूएईबीचको टी-२० अन्तर्राष्ट्रिय खेलको इतिहास निकै प्रतिस्पर्धात्मक रहेको छ। हालसम्म भएका १० टी-२० आई खेलमा दुवै टोलीले ५-५ जित हासिल गरेका छन्। यसअघि २०२२ मा ओमानमै भएको विश्वकप छनोटमा नेपाल यूएईसँग पराजित हुँदा विश्वकपमा छनोट हुन सकेको थिएन। त्यसैले आजको खेलमा नेपाललाई बलियो प्रतिद्वन्द्वीविरुद्ध आफ्नो श्रेष्ठता प्रमाणित गर्नुपर्ने चुनौती छ।

Skip This
Skip This
Logo