एमएडब्लु वृद्धिकाे ‘मेगा एक्सचेन्ज कार्निभल’मा पूराना गाडीसँग ईभी साट्ने सुविधा

एमएडब्लु वृद्धिकाे ‘मेगा एक्सचेन्ज कार्निभल’मा पूराना गाडीसँग ईभी साट्ने सुविधा

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले असोज २४ गतेदेखि चाडपर्वलाई लक्षित गर्दै काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरूमा एकैसाथ ‘मेगा एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ ।

यस विशेष एक्सचेन्ज कार्यक्रममार्फत ग्राहकहरूले आफ्ना पुराना सवारीसाधनहरू साटेर नयाँ र अत्याधुनिक विद्युतीय सवारीसाधन ईभि मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्।काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष इभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कार्यक्रममा विभिन्न गेम पनि खेलाइएकाे छ । आगन्तुकहरुले ह्युमनोइठ रोबोट सो, कार रेसिंग सिमुलेटर, किड्स जोन र इनडोर गेमका साथै रिफ्रेसमेन्टको मज्जा लिन सक्नेछन् ।

ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउने छन् ,जसबाट निश्चित मोडेलहरुमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको पनि अफर पाउन सक्नेछन् । एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिनेछ । साथै नाडा अटो शाेमा शाे स्टपर बन्न सफल दिपल एस ०५ र सेग्मेन्ट फस्ट फिचरहरुले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिएको छ ।

Skip This
Skip This
Logo