तीन लाखको तरकारी नष्ट

तीन लाखको तरकारी नष्ट

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ । पानीले डुबाउँदा पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको तरकारी खेतीमा क्षति पुगेको हो । 

चार बिघा ११ कठ्ठा जमिन भाडामा लिएर सो सहकारीले दुई महिनाअघि तरकारी खेती गरेको हो । दुई दिनदेखिको लगातारको वर्षाले डुबाउँदा काँक्रा, बोडी, फर्सी, भन्टालगायत तरकारी नष्ट भएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । 

संस्थाले स्थानीयवासी शोभा चेम्जोङ पालुङवाको जमिन पाँच वर्षको लागि भाडामा लिएर व्यावसायिक तरकारीखेती शुरु गरेको हो । दैनिक १० जनाले रोजगारी समेत पाएका छन् ।

Skip This
Skip This
Logo