बिश्वकप: आजको खेलमा ६ र ७ को संयोग नै संयोग

बिश्वकप: आजको खेलमा ६ र ७ को संयोग नै संयोग

केन्द्रबिन्दु
0
Shares

बिश्वकप २०१८ अन्तर्गत आजबाट क्वार्टर फाइनल खेलहरु शुरु हुँदै छन् । आज पहिलो खेलमा उरुग्वे र फ्रान्सबीच हुँदैछ भने दोस्रो खेल ब्राजिल र बेल्जिमबीच हुँदैछ ।

आज हुने खेलमा अनौठो संयोग नै संयोग जुरेको छ । ती संयोगहरु ६ र ७ अक्षरका हुन् । सम्भवत यस्तो संयोग बिश्वकपको इतिहासमा पहिलोपटक जुरेको हो ।

पहिलो संयोग क्वार्टर फाइनल पुगेका देशहरुको नाम ६ र ७ अक्षरको छ । फ्रान्स ६ अक्षरको छ भने उरुग्वे सात अक्षरको छ । त्यस्तै ब्राजिल ६ र बेल्जियम ७ अक्षरको छ । त्यसैगरी स्विडेन ६ र इग्याल्ण्ड ७ अक्षरको छ । त्यस्तै रसिया ६ अक्षरको छ भने र क्रोएसिया ७ अक्षरको छ ।

दोश्रो संयोग भनेको यी देशहरुबीचको भिडन्त पनि जुलाई ६ र ७ तारिखमा नै हुने भएको छ । अझै अर्काे अचम्म त के छ भने बिश्वकपको अवधि पनि छैठौ र साताँै महिनामा नै संचालन भईरहेको छ ।

Logo