विश्वकप छनोटमा ओमानविरुद्ध यूएईको सुरुवात निराशाजनक

विश्वकप छनोटमा ओमानविरुद्ध यूएईको सुरुवात निराशाजनक

केन्द्रबिन्दु
51
Shares

ओमान । आईसीसी टी-२० विश्वकपको एसिया/ईएपी क्वालिफायरको सुपर सिक्स अन्तर्गत ओमानसँगको खेलमा आज यूएईले निराशाजनक सुरुवात गरेको छ।

ओमानको अल अमरात क्रिकेट ग्राउन्डमा भइरहेको सुपर सिक्सको यस खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। तर, ओमानका बलरहरूको कसिलो प्रदर्शनका सामु यूएईका शीर्ष क्रमका ब्याट्सम्यानहरू टिक्न सकेनन्।

यूएईले १.४ ओभरमै २ विकेट गुमाएर ९ रन मात्र जोडेको छ। यो समाचार तयार पार्दासम्म यूएईको रन रेट ५.४ रहेको छ ।

ओमानका बलरहरूले कसिलो बलिङ गर्दै लगातार विकेट लिएका छन्। ओपनर जोनाथन फिगी खाता नखोली फैसल शाहको बलमा आर्यन बिष्टबाट क्याच आउट भए। त्यसपछि राहुल चोपरा (विकेट किपर) पनि शून्य रनमै पेभिलियन फर्किए, उनलाई शकील अहमदले एलबीडब्ल्यू आउट गरे।

हाल क्रिजमा कप्तान मुहम्मद वसीम (१ रन) र अलिशान शारफु (८ रन) ले इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका छन्।

ओमानका बलरहरूले उत्कृष्ट सुरुवात दिएका छन्। फैसल शाहले १.० ओभरमा ८ रन दिएर १ विकेट लिएका छन् भने शकील अहमद ले ०.४ ओभरमा १ रन खर्चिएर १ विकेट हात पारेका छन्। विश्वकपमा पुग्नका लागि यो खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण छ।

Skip This
Skip This
Logo