जुम्ला

डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ । "/>

डा. केसीको उपचारमा प्रशासन बाधक

डा. केसीको उपचारमा प्रशासन बाधक

केन्द्रबिन्दु
0
Shares

जुम्ला

डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ । स्वास्थ्य अवस्था खस्कँदै गएका केसीको उपचारमा स्थानीय प्रशासनले सहज वातावरण नबनाउँदा चिकित्सकको टोली फिर्ता भएको हो । अनशनस्थल उपचारका लागि अनुकूल नभएको चिकित्सकको भनाइ छ ।

प्रहरीले शनिबार केसीलाई पक्राउ गरी कभर्ड हलमा लगेर राखेपछि उनी त्यहीं आमरण अनशन बसेका छन् । प्रशासनले उपचारका लागि केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मानेको छैन ।

चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा संसद्बाट पारित गर्नुपर्ने लगायत माग राखेर शनिबार देखि अनशन बसेका केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । सरकारले अध्यादेशका कडा प्रावधान हटाएर प्रतिस्थापन विधेयक संसद सचिवालयमा दर्ता गराएपछि केसीले त्यसलाई सच्याएर पुरानै स्वरुपमा पारित गर्नुपर्ने माग राखेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि असहमति जनाएपछि सरकारले प्रतिस्थापन विधेयक फिर्ता लिएको छ ।

अव्यवस्थित कभर्ड हलमा उपचार दिन नसकिने भएकाले आफूहरु फिर्ता भएको प्रतिष्ठानबाट खटिएका डा प्रवीणकुमार गिरीले बताए । उनले भने, ‘केही पनि पूर्वाधार नभएको स्थानमा डा केसीको उपचार सम्भव छैन । यस्तो अवस्थामा हामीले जोखिम लिन सक्दैनौं । डा केसीको स्वास्थ्य अवस्था खस्कँदै छ । अनशनस्थल उपचारका लागि प्रतिकूल छ ।’ डा केसीमा मुटुको चाल बढ्ने देखि छाती र टाउको दुख्ने सम्मका समस्या देखिन थालेका छन् । डा गिरीले भने, ‘संक्रमणको डर र विद्युत अभावका कारण उपचार गर्न सकिएन ।’ अनशनस्थल दुर्गन्धित भएकाले संक्रमणको डर छ । जुम्लाको मौसमका कारण केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । उनी राम्रोसँग बोल्न नसक्ने अवस्थामा पुगेका छन् ।
नागरिकबाट

Logo