काठमाडौं

आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । "/>

सिंहदरबारको विकास त असारमा ! देशको दूरदराजको अवस्था कस्तो होला ?

सिंहदरबारको विकास त असारमा ! देशको दूरदराजको अवस्था कस्तो होला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु सर्वोच्च सचिवालयको आँगनमै विकासका नाममा मध्य असारपछि पैसा बगाउने काम भइरहेको छ । अहिले फुटपाथ भत्काइएकाले सिंहदरबार हिलाम्मे छ । फुटपाथका स्ल्याब निकालेर हतारहतार नयाँ राखिँदै छ । सिंहदरबार मर्मतसम्भारको जिम्मा पाएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भने कार्यक्रम स्वीकृत नै ढिलो भएकाले अन्तिम अवस्थामा काम गर्नु परेको जनाएको छ ।

सचिवालयका सदस्यसचिव वसन्त राईले भने, ‘म समितिको नेतृत्वमा आएको दुई महिना मात्र भयो, म आएपछि काम भटाभट भएको हो, यसपालि असारमै पर्यो के गर्ने त ?’ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशद्वार देखि अर्थ मन्त्रालय सम्मको एकातर्फको फुटपाथ भत्काउने र बनाउने काम भइरहेको छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय देखि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्मको दुवै फुटपाथ निर्माणको काम पनि भइरहेको छ ।

वन मन्त्रालय अगाडि पनि फुटपाथ मर्मतको काम भइरहेको छ । पुराना स्ल्याप हटाएर नयाँ स्ल्याप राख्ने कामको ठेक्का जयलक्ष्मी कन्स्ट्रक्सनले ८० लाखमा पारेको इन्जिनियर कायस्थले बताए । उनका अनुसार ठेक्का परेको बजेटमा घटीघटाउ गरेर जयलक्ष्मी कन्स्ट्रक्सनले ६५ लाखमा काम गरिरहेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo