बालेनविरुद्ध खनियो एमाले जनसंगठन, किसानलाई ‘फोहर’ भनेको भन्दै माफी माग्न चेतावनी

बालेनविरुद्ध खनियो एमाले जनसंगठन, किसानलाई ‘फोहर’ भनेको भन्दै माफी माग्न चेतावनी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेनिकट जनसंगठन अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएको छ ।

मेयर शाहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई ‘फोहर’ भनेको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रमुख र आधारभूत उत्पादन शक्ति किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पु-याउने उक्त अभिव्यक्ति किसान समुदायको आत्मसम्मानमाथि ठाडो प्रहार भएको ।”

महासंघले मेयर साहलाई आफ्नो फेसबुक स्टाटस हटाएर किसानसँग सार्वजनिक माफी माग्न माग गरेको छ । अन्यथा महासंघले विरोधका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ ।

मेयर बालेन साहले हिजो साँझा समाजिक सनजाल फेसबुकमा यस्तो बतिा लेखेका थिए ।

सत्यको कुनै एउटा पहिचान
कुनै नाम हुँदैन ।
मिथ्याजस्तो ठूलो अभिमान,
कुनै शान हुँदैन ।
जलझैँ शीतल, फूलझैँ कोमल,
सुन न पित्तल, किसानझैँ फोहर ।
आकाशझैँ विशाल,
स्पर्शझैँ सूक्ष्म,
सगरमाथाझैँ हिमाल,
थोपाझैँ पूर्ण।
सत्यको कुनै दाम हुँदैन,
सत्यको दुबै कान हुँदैन ,
समर्पण हुन्छ , दान हुँदैन ,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन, नाम हुँदैन ।

Skip This
Skip This
Logo