काठमाडौं
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्याउने तयारी गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सहमति जुट्ने सम्भावना न्यून हुँदै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक पाँच हजार तीन सय रुपैयाँ बढाउने गृहकार्य सुरु गरेको हो । हाल आधारभूत तलब र भत्ता समेत गरी न्यूनतम पारिश्रमिक नौ हजार सात सय रुपैयाँ छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सरकार, निजी क्षेत्र र श्रमिकका प्रतिनिधि छन् । समितिमा विगत एक महिना यता सहमति जुटाउने प्रयास भइरहेको छ । हालसम्म समितिमा नौ चरण सम्मको छलफल सकिँदा समेत सहमतिको कुनै संकेत देखिएको छैन ।
सहमतिबाटै न्यूनतम पारिश्रमिक निर्धारण हुनु पर्नेमा श्रमिक र रोजगारदाता दुवै पक्ष रहेको भए पनि सहमतिको सम्भावना भने खासै नदेखिएको छलफलमा सहभागी एक सरकारी अधिकारीले बताए । न्यूनतम पारिश्रमिक कति बढाउने भन्नेमा मजदुर र रोजगारदाता बीच ठूलो अन्तर देखिएको हो । ‘श्रमिक न्यूनतम पारिश्रमिक २० हजार रुपैयाँ बनाउनु पर्ने आफ्नो मतमा अडिग छन्,’ ती अधिकारीले भने, ‘तर रोजगारदाता पक्ष भने १२ हजार हाराहारी भन्दा माथि लैजान नहुने पक्षमा छन् ।’ सरकारले नै निर्णय लिनुपर्ने अवस्थामा भने १५ हजार रुपैयाँ हाराहारी कायम गर्ने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया