‘प्रधानमन्त्री ‘असक्षम, अनैतिक र भ्रष्ट’ भन्ने प्रचण्डको ठहर सही छ’ : कांग्रेस नेता गगन थापा

‘प्रधानमन्त्री ‘असक्षम, अनैतिक र भ्रष्ट’ भन्ने प्रचण्डको ठहर सही छ’ : कांग्रेस नेता गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाएको आरोप ठिक भएको टिप्पणी गरेका छन् । प्रचण्डको आरोपको समर्थन गर्दै उनले यस्ताे बताएका हुन् ।

नेकपाभित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेका बेला थापाले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत एक वक्तव्य जारी गरि ‘प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकाले सरकारको नेतृत्व गर्न अयोग्य’ भनेर प्रचण्डले लगाएका आरोप अब सार्वजनिक सरोकारको विषय भएको उल्लेख गरेका छन्।

थापाले अगाडि लेखेका छन्, ‘कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईँहरू नै जान्नुहोस् । तर याद राख्नुहोस, प्रम ओली, असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकाले सरकारको नेतृत्व गर्न अयोग्य हुनु भएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो।जुन तपाईँहरूको मन पखालिएर पखालिँदैन।’

Skip This
Skip This
Logo