रुकुम
रुकुम जिल्लाको मुसीकोट नगरपालिका १२ पिथिवाङमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
दाङबाट रुकुमतर्फ जादैँ गरेको ना ४ ख ६२२६ नम्बरको बस गयराति साँढे दुर्इ बजे दुर्घटना भएको हो । चालकसहित १४ जना सामान्य घाइतेको रुकुम अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका तीन जनालार्इ नेपालगञ्ज अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ ।































प्रतिक्रिया