काठमाडाैं । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरको प्रसिद्ध पोटरी स्क्वायरमा स्थानीय कुमाल (प्रजापति) समुदायलाई माटोका पाला बनाउन भ्याइनभ्याई भएको छ । तिहारमा दियो बाल्नका लागि माटोको पालाको माग अत्यधिक बढ्ने हुनाले, यहाँका कुमालेहरूले बिहानैदेखि रात नपरुञ्जेलसम्म चक्रमा माटोलाई आकार दिने, पाला बनाउने र घाममा सुकाउने काममा व्यस्त रहेका छन्। वर्षौंदेखि आफ्नो परम्परागत पेशालाई निरन्तरता दिँदै आएका यस समुदायले तिहारका लागि पाला, धुपौरो र अन्य माटाका सामग्री उत्पादन गरी काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाहरूमा पठाउने गर्छन्। यसरी पोटरी स्क्वायरमा अहिले तिहारको रौनक छाएको छ।
तस्बिरः रमेश गिरी/रासस





































प्रतिक्रिया