काठमाडौं

छैटौं पटक विश्वकपको उपाधि पछ्याइरहेको ब्राजिलले सोमबार विश्वकप अन्तिम १६ मा मेक्सिकोको सामना गर्दा सबैको ध्यान स्ट्राइकर नेइमारमा हुनेमा दुबिधा छैन । "/>

आज मेक्सिकोले ब्राजिलसँग कस्तो प्रर्दशन गर्ला ?

आज मेक्सिकोले ब्राजिलसँग कस्तो प्रर्दशन गर्ला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

छैटौं पटक विश्वकपको उपाधि पछ्याइरहेको ब्राजिलले सोमबार विश्वकप अन्तिम १६ मा मेक्सिकोको सामना गर्दा सबैको ध्यान स्ट्राइकर नेइमारमा हुनेमा दुबिधा छैन । तर १९९८ पछि युरोपियन भूमिमा विश्वकपको उपाधि जित्न दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले आफ्नो मजबुत रक्षापंक्तिलाई थप मजबुत बनाउन आवश्यक छ । आज साँझ रुसको सोचीमा मेक्सिकोले ब्राजिलको वैभव तोड्न स‌ंर्घष गर्दैछ ।

विश्वकपका कुनै पनि संस्करणमा सर्वाधिक गोलकर्ताले नै सबैको ध्यान खिच्ने गर्छन् तर ट्रफीको हकदार भने सधैं बलियो रक्षापंक्ति भएको टोली बन्ने गरेको छ । २०१४ को विजेता जर्मनीले प्रतियोगिताका ७ खेलमा मात्र ४ गोल खाएको थियो । त्यस्तै २०१० मा स्पेन र २००६ मा इटालीले विश्वविजेता बन्ने क्रममा मात्र २ गोल खाएका थिए ।

त्यसैले मेक्सिकोको सामना गर्दा ब्राजिलका प्रशिक्षक टेटेसामु अग्रपंक्तिमा नेइमारको प्रदर्शनका साथै थिगायो सिल्भाको नेतृत्वमा रहेको बलियो रक्षापंक्तिको स्वभाविक प्रदर्शन पनि आवश्यक छ । ‘फुटबल खेलमा सधैं उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीका बारेमा मात्र चर्चा हुन्छ ।

तर त्यो भन्दा महत्वपूर्ण पक्ष भनेको समग्र टोलीले प्रदर्शन उत्कृष्ट हुन आवश्यक छ,’ ब्राजिलका मिडफिल्डर कासेमिरोले भने, ‘मानिसहरू हाम्रो टोलीको बलियो पक्षका बारेमा कुरा गर्दा सधैं नेइमारको मात्र नाम लिन्छन् तर हामीले के भुल्न हुन्न भने हामीसँग अरू पनि उत्कृष्ट खेलाडी छन् ।’ १९९४ र २००२ मा विश्वकपको उपाधि जित्दा ब्राजिलमा अग्रपंक्तिका उत्कृष्ट खेलाडी थिए । तर उपाधि चुम्दा भने ब्राजिलको रक्षापंक्तिले सुदृढ प्रदर्शन गरेको थियो । आशा गरिएका टोलीहरु बाहिरिए पछि आज सबैको ध्यान ब्राजिल र मेक्सिको वीचको खेलमै खिचिएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo