काठमाडौं

छोराको हत्यामा संलग्न माथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ । "/>

गम्भीर बन्दै गंगामायाको स्वास्थ्य

गम्भीर बन्दै गंगामायाको स्वास्थ्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

छोराको हत्यामा संलग्न माथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ । अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४ औँ दिनमा आइपुग्दा थप बिग्रिएको जानकारी दिए । अधिकारी गत जेठ १५ गते देखि अनशन बसेकी छिन् । “उहाँ अनशन बसेको ३४ दिन भइसकेको छ, अवस्था पहिले भन्दा गम्भीर छ,” निर्देशक बस्नेतले भने, “शरीर सुन्निँदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिएका छौँ ।”

यसैबीच नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वीर अस्पतालमा अनशनमा रहेकी गंगामाया अधिकारीलाई आइतबार भेट गरेका छन् । वीर अस्पताल पुगेर केसीले गंगामायाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । नेता केसीले गंगामायासँग कुरा गर्न खोजे पनि उनले कुनै प्रतिक्रिया दिएनन् । केसीले अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारबाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु विडम्बना भएको प्रतिक्रिया दिए ।

उनीसँगै मानवअधिकारकर्मी चरण प्रसाईं, पत्रकार कनकमणि दीक्षित, डा केदारनरसिंह केसी लगायत पनि गंगामायालाई भेट्न अस्पताल पुगेका थिए । वि.सं २०६१ जेठ २४ गते गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो । हत्या आरोपीको नाम किटानी सहितको मुद्दा उनीहरु विरुद्ध २०७० साल चैत ३० देखि चितवन जिल्ला अदालतमा विचाराधीन छ । न्याय नपाएको गंगामायाले गुनासो गर्दै आएकी छिन् । छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनशन बसेका थिए ।

अनशनकै क्रममा गंगामायाका श्रीमान नन्दप्रसाद अधिकारीको अनशनको ३३४ औँ दिनमा ०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । न्याय नपाउँदा सम्म श्रीमानको अन्तिम संस्कार नगर्ने भनेपछि नन्दप्रसादको शव अझै शिक्षण अस्पताल महाराजगञ्जको शव गृहमा राखिएको छ ।
रासस

Logo