रसुवा

रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरेका छन् । "/>

अब गोसाइकुण्ड सम्म केबलकारमा जान पाइने

अब गोसाइकुण्ड सम्म केबलकारमा जान पाइने

केन्द्रबिन्दु
0
Shares

रसुवा

रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाईकुण्डमा निर्माण गर्न लागिएको केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरेका छन् ।

विगत लामो समय देखि केबलकार निर्माण गर्ने भनिए तापनि प्रक्रिया अघि बढेको थिएन । आर्थिक वर्ष २०७५–०७६ का लागि केबलकारको अध्ययन गर्न प्रदेश नम्बर ३, गोसाईकुण्ड र नौकुण्ड गाउँपालिकाले ५५ लाख बजेट विनियोजन गरेका हुन् ।

प्रदेशले सार्वजनिक गरेको योजना अनुसार नौकुण्ड गोसाईकुण्ड केबलकार निर्माणका लागि डिपिआर तयार गर्ने र धुन्चे गोसाईकुण्ड केबलकारको अध्ययन गरिने छ । सम्भाव्यता अध्ययनका लागि प्रदेशले १५ लाख र नौकुण्ड गाउँपालिकाले १० लाख बजेट छुट्याएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले गाउँपालिकाको गौरबको योजना अन्तर्गत धुन्चे–गोसाईकुण्ड केबलकार निर्माणको लागि डिपिआर तयारी गर्न ३० लाख बजेट विनियोजन गरेको अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

‘नौकुण्ड गाउँपालिकाको राष्ट्रिय महत्वका स्थानहरु पर्यटनका प्रगाढ सम्भावना बोकेका सातधारे हिमाल, गोसाईकुण्ड केबलकार तथा पर्यटकीय पदमार्ग र बालुवा जस्ता प्राकृतिक स्रोतको व्यवस्थापनको सम्भाव्यता अध्ययनका लागि १० लाख विनियोजन गरिएको उल्लेख छ ।
नागरिकबाट

Logo