काठमाडौं
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सरकारले विरोध गर्ने जनताको अधिकारविरुद्ध सरकार लागेको प्रति कटाक्ष गरेका छन् । पूर्वमाओवादी नेता समेत रहेका बाबुरामले विरोध गर्ने र सत्ताविरुद्ध विद्रोह गर्ने अधिकार नै माक्र्सवादको गुदी कुरा भएको बताउँदै विरोध गर्ने ठाउँ र तरिका तोकेर सरकारले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आलोचना गरेका हुन् ।
माइतीघर मण्डला, रत्नपार्क लगायत क्षेत्रमा सभा र विरोध गर्न नदिएको भन्दै बाबुरामले सरकारको आलोचना गरेका हुन् । सामाजिक सञ्जालमा सक्रिय बाबुरामले सत्तामा पुग्ने बित्तिकै पूर्वकमरेडले यस्तो दुस्साहस गरेको टिप्पणी गरेका छन् ।
‘समाजवाद भनेको अझ उन्नत लोकतन्त्र हो । लोकतन्त्रको थप विस्तारिकरण र सवलीकरण हो । विरोध गर्ने र सत्ताविरूद्ध विद्रोह गर्ने अधिकार नै मार्क्सवादको गुदी कुरा हो’, बाबुरामले ट्विटमा लेखेका छन्, ‘हाम्रा पूर्वकमरेडले सत्तामा पुग्ने वित्तिकै विरोध गर्ने ठाउँ र तरिका तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन् ?’
अन्नपूर्णबाट





























प्रतिक्रिया