अर्जेन्टिना भर्सेस फ्रान्सः अर्जेन्टिनाले फर्कायो बराबरी गोल

अर्जेन्टिना भर्सेस फ्रान्सः अर्जेन्टिनाले फर्कायो बराबरी गोल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप अन्तर्गत नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाले बराबरी गोल फर्काएको छ । अर्जेन्टिनाले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्काएकाे हाे । उसका लागि डि मारियाले गाेल गरेका हुन् । 

यसअघि खेलको १३ औं मिनेटमा एन्टोनी ग्रिजमनले पेनाल्टी मार्फत गोल गर्दै फ्रिान्सलाई अग्रता दिलाएका थिए । यी दुई उपाधि दावेदार टोलीहरुको भिडन्त निकै रोचक भइरहेको छ ।

समूह चरणमा फ्रान्स दुई खेलमा विजयी हुँदै अन्तिम १६ मा पुगेको हो । उसले एक खेल बराबरी खेलेको थियो। अर्जेन्टिना भने निकै संघर्षका बावजुद अन्तिम १६ मा पुगेको हो ।

विश्वकको दावेदारका रुपमा रहेका यी दुई टोलीको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । अर्जेन्टिना विश्व वरीयतामा पाँचौ तथा फ्रान्स सातौँ स्थानमा छ। अर्जेन्टिनाले १९७८ र १९८६ मा तथा फ्रान्सले १९९८ मा विश्वकप जितेको थियो।

यी दुईबीच अहिलेसम्म विश्वकपमा २ खेल मात्र भएका छन्। जसमा दुवैले खेल अर्जेन्टिनाले जितेको थियो। सन् १९३० को पहिलो विश्वकपमा १—० ले विजयी भएको ला अल्बिसेलेस्टेले १९७८ मा घरमै आयोजना भएको विश्वकपमा फ्रान्सलाई २—० ले पराजित गरेको थियो।

Skip This
Skip This
Logo