मन्थलीमा सुविधासम्पन्न आँखा अस्पताल निर्माण

मन्थलीमा सुविधासम्पन्न आँखा अस्पताल निर्माण

केन्द्रबिन्दु
3
Shares

मन्थली। रामेछापको तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र मन्थलीले सुविधासम्पन्न भवन निर्माण गरेको छ ।

सो भवनको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कूल एक करोड ५० लाख लागतमा निर्मित १५ कोठे दुई तले पक्की भवनको उद्घाटन भिजन हिमालयन स्वीजरल्यान्डका उपाध्यक्ष रोमन ग्रेनिगरले गरे। भवन निर्माणका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालयन स्वीजरल्यान्डको संयुक्त लगानी ५५ प्रतिशत र तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले ४५ प्रतिशत लगानी गरेको हो ।

जिल्लामा एउटै मात्र आँखा अस्पताल भएकाले यस भवनबाट आँखाका रोगीहरुले सेवा लिन थप सहज हुने आँखा केन्द्र रामेछापका अध्यक्ष डा सुमन कर्माचार्यले बताए। यस अघि तिलगङ्गा आखा प्रतिष्ठानको सहयोगमा अस्थायी टहराबाट सेवा सञ्चालन गरिँदै आएको थियो ।

Skip This
Skip This
Logo