अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै राजधानीको माईतिघर मण्डलामा विरोध प्रर्दशनमा उत्रेकालाई प्रहरीले धरपकड गरेको छ ।  सरकारले माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा सनिबार मण्डला नजिक भेला भएका प्रर्दशनकारीलाई प्रहरीले धरपकड गरेको हो । "/>

माइतिघरबाट १० जना पक्राउ (भिडियोसहित)

माइतिघरबाट १० जना पक्राउ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै राजधानीको माईतिघर मण्डलामा विरोध प्रर्दशनमा उत्रेकालाई प्रहरीले धरपकड गरेको छ । सरकारले माईतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रर्दशन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा सनिबार मण्डला नजिक भेला भएका प्रर्दशनकारीलाई प्रहरीले धरपकड गरेको हो ।

सो क्रममा प्रहरीले १० जना प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको छ । विरोध प्रर्दशनका लागि भेला हुने स्थानमा प्रहरीहरु नै बसेपछि प्रर्दशनकारीले माईतिघर मण्डलाभन्दा बाहिरपट्टिको पेटीबाट सरकारको निर्णय विरुद्ध नाराबाजी सुरु गरेका थिए । अभिव्यक्ति स्वन्त्रताको रक्षा गर , नागरिक अधिकार जिन्दावाद भन्दै नारा लगाउन सुरु गर्ने वित्तिकै प्रहरीले धरपकड गरि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीको धरपकड पछि अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गर्दै मण्डला पुगेका विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आमसर्वसाधरणको भावना अभिव्यक्ति गर्ने स्थान बनिसकेको माईतिघर मण्डलामा प्रर्दशन गर्न रोक लगाएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो । आफ्नै निर्णयबाट सरकार पछि नहटे माईतिघर मण्डलालाई नै केन्द्रमा राखेर सरकारको विरोध गर्ने चेतावनी दिनुभयो ।

ठुलो संख्यामा जम्म्मा भएका प्रहरीले माईतिघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएको भन्दै सो क्षेत्र भन्दा बाहिर बस्न आग्रह गर्दै माईकिङ गरिरहेका थिए । सरकारले २०७४ चैत ३० गते राजधानीका माईतिघर मण्डला,शान्ति बाटिका लगायत स्थानमा सभा, सम्मेलन, भेला , जुलुश, प्रर्दशन लगायत गर्न नपाउने गरि निषेधित क्षेत्र घोषणा गरेको थियो ।

त्यस यता नागरिक अगुवाहरुले सरकारी निर्णयको विरोधमा प्रर्दशन गर्दै आएपछि प्रहरीले केही गरेको थिएन । गत विहिकार पत्रकार सम्मेलन गरी गृहमन्त्री राम बहादुर थापाले देशभरका निश्चित स्थानमा विरोध प्रर्दशनको ठाँउ तोकिएको भन्दै निर्णय कार्यान्वयनमा कडाई गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको थियो ।

Logo