कोरोना सङ्क्रमणबाट काभ्रेमा २ वृद्धकाे मृत्यु

कोरोना सङ्क्रमणबाट काभ्रेमा २ वृद्धकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणका कारण आज काभ्रेपलाञ्चोकमा थप दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारार्थ पनौतीका ८७ वर्षीय र बनेपा नगरका ८४ वर्षीय दुई वृद्ध रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार ८७ वर्षीय पुरुष मधुमेह तथा निमोनियाका कारण अस्वस्थ भई कात्तिक २४ गते अस्पतालमा भर्ना हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८४ वर्षीय पुरुषमा उच्च रक्तचाप तथा मिर्गाैला खराबी भई उपचारार्थ अस्पताल भर्ना हुँदा सोही दिन कात्तिक २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुवै मृतक पुरुषको दाहसंस्कारका लागि नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाट लगेको अस्पताल स्रोतले जनाएको छ । योसँगै काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना संक्रमणबाट १० महिलासहित ३३ जनाको मृत्यु भइसकेको छ । जिल्लामा आजसम्म दुई हजार २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ७९ प्रतिशत अर्थात् एक हजार ७३४ संक्रमणमुक्त भई घर फर्किएको पोष्टले जनाएको छ ।

यसैबीच हाल कोरोना सक्रिय संक्रमितमध्ये ४४ प्रतिशत अर्थात् २१६ जना बनेपा नगरपालिकाका हुन् । त्यस्तै धुलिखेल नगरपालिकाका १३६, पनौतीका ४०, पाँचखालका १३, नमोबुद्धका २७, मण्डनदेउपुरका १९ तथा भुम्लु गाउँपालिकाका तीन, रोशीका पाँच, चौँरीदेउरालीका दुई, बेथानचोकका तीन, तेमाल, महाभारत र खानीखोलाका एक/एक संक्रमित रहेका छन् ।

Skip This
Skip This
Logo