काठमाडाैं । कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेकाे नतिजाअनुसार पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धितर्फ ४ हजार ९७६ जनाले परीक्षा दिएकामा३ हजार ५४० जना उत्तीर्ण भएका छन्।
यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। २ जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ।































प्रतिक्रिया