काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।
ललितपुरको जावलाखेलमा बसिरहेको बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन् । बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा र सुझाव राखेका थिए ।
केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ ।





























प्रतिक्रिया