कान्तिपुर फर्मास्युटिकल्स ल्याब सञ्चालक बडालसहित थप एक जना पक्राउ

कान्तिपुर फर्मास्युटिकल्स ल्याब सञ्चालक बडालसहित थप एक जना पक्राउ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भेटेरेनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल)का सञ्चालक हेमराज बडाललाई पक्राउ गरेको छ ।

भन्सार शुल्क लाग्नेगरी आयात गर्न दिइएको सिफारिसपत्र कीर्ते गरेर दर्ता नै नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा बडाललाई बिहीबार नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसीले जानकारी दिए ।

उनले भने, “उक्त प्रकरणमा बडालकी श्रीमती सुना सुवेदीलाई सिआइबीले चार दिनअघि नियन्त्रणमा लिइएको थियो । बिहीबार साँझ बडाललाई बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।”

साथै थप एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३१ शंखमुल बुने ५३ वर्षीय हेमराज बडाल छन्। उनलाई सिआइबीले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरेको हो।

Skip This
Skip This
Logo