नेपालगन्ज

भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक रूपमा बढेको छ । "/>

नेपालबाट भारततर्फ इन्धन तस्करी भयावह

नेपालबाट भारततर्फ इन्धन तस्करी भयावह

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक रूपमा बढेको छ । भारत भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएको कारण नेपालगञ्ज र आसपासको क्षेत्रबाट लामो समय देखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ । भारत भन्दा नेपालमा पेट्रोल प्रतिलिटर १० देखि १४ रूपैयाँ सम्म सस्तो पर्ने गरेकोले नेपालगञ्ज, साईगाउ, सैनिक, हिरमिनिया, जमुनाह, पूर्वीनाका लगायतका खुला क्षेत्रबाट भारततर्फ तेलको तस्करी गर्ने गिरोह नै सक्रिय छ ।

भारतको रूपैडिहा नाका हुँदै नेपालगञ्ज र जमुनाहा छेउछाउका पेट्रोल पम्पबाट भारतीय नम्बर प्लेटका ढुवानीको सवारीसाधन प्रयोग गरेर पनि ठूलो परिमाणमा इन्धन तस्करी हुँदै आएको छ । यसैगरी खजुरा गाउँपालिका–१ सैनिकको सीमाबाट डिजेल र पेट्रोल निर्वाध रूपमा ग्यालेनमा भरेर भारततर्फ इन्धन तस्करी भइरहेको स्थानीयले जानकारी दिएका छन् । स्थानीय राकेश थापाका अनुसार दैनिक २० जना सम्मको तस्करको समुहले प्रतिव्यक्ति ३० लिटरका दरले अनुमानित ६ सय लिटरसम्म इन्धन तस्करी गर्ने गरेको बताए । उनले भने, “इन्धन तस्करीको बारेमा पटक–पटक राधापुर प्रहरी चौकीलाई अवगत गराउँदा पनि तस्करीको क्रम घटेको छैन ।”

स्थानीय समूह जागृती युवा मञ्चका सचिव रमेश थापाले ठूलो परिमाणको तेल भारततर्फ गइरहेको तथा मासुजन्य पदार्थ लत्ता कपडा खाद्यसामग्री एवम् बनपैदावार लगायतका सामग्रीहरू पनि राजस्व छली गरी भित्रिरहेकोमा प्रहरी चौकीको मौनतालाई आफूले अर्थपूर्ण रूपमा हेरेको बताए ।
कारोबारबाट

Logo