दिनेश कवि अधिकारी सम्मानित

दिनेश कवि अधिकारी सम्मानित

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित भएका छन्। कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरु’ संस्थाले उनलाई मोरङको बेलबारीमा सम्मान गरेको हो ।

कार्यक्रममा कवि हेमन यात्री, देवान किराँती, पूरन याक्खा, अस्मिता बिष्ट, भरत वर्वरिक, रेखा सुवेदीलगायतले कवि अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कवितावाचन गरेका थिए ।

कवि मनु मन्जिलले कवि अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार रहेको उल्लेख गरे । ‘नझरेका फूलहरु’ का प्रस्तोता केपी घिमिरेले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै कवि अधिकारीलाई सम्मान गर्न पाएकामा संस्था गौरवान्वित भएको धारणा राखेका थिए।

कवि तथा गीतकार अधिकारीलाई सुन्न विभिन्न क्षेत्रका साहित्यकार र कलाकारको उपस्थिति थियो । कार्यक्रममा कवि अधिकारीले कविता र गीतका बारेमा सङ्क्षिप्त विचारसहित आफ्ना कविता र गीत वाचन गरेका थिए ।

Logo