केएमसीद्वारा शल्य चिकित्सासम्बन्धी पोस्ट ग्राजुएट मास्टर क्लास कार्यक्रम सम्पन्न

केएमसीद्वारा शल्य चिकित्सासम्बन्धी पोस्ट ग्राजुएट मास्टर क्लास कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सिनामंगलमा रहेकाे काठमाडौं मेडिकल कलेज (केएमसी)को शल्य चिकित्सा विभाग र सर्जन सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा ट्रमा तथा आकस्मिक शल्य चिकित्सा सम्बन्धी पोस्ट ग्राजुएट मास्टर क्लास कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता काठमाडौं मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. रतिन्द्रनाथ श्रेष्ठ ले गरेका थिए भने सर्जन सोसाइटी अफ नेपालका अध्यक्ष डा. रोमियो कंसकार प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।

कार्यक्रमको संयोजक काठमाडौं मेडिकल कलेजका शल्य चिकित्सा विभागीय प्रमुख डा. रोशन घिमिरेले गरेका थिए । कार्यक्रममा पोस्ट ग्राजुएट विद्यार्थी, सर्जन सोसाइटी अफ नेपालका सदस्य तथा विभिन्न अस्पतालका सर्जन डाक्टरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ७० भन्दा बढी सहभागीहरूको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

Logo