काठमाडाैं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा सांस्कृतिक नगरी भक्तपुरमा रौनक छाएको छ। विशेषगरी कुमाले टोल (पोटरी स्क्वायर) का प्रजापति समुदायलाई दीपावलीका लागि माटोको पाला बनाउन यतिखेर भ्याइनभ्याइ छ। परम्परागत दियोको माग उच्च रहेकाले उनीहरू बिहानदेखि साँझसम्म पाला तयार गर्ने, सुकाउने र पोल्ने काममा व्यस्त छन्। भोलि दीपावलीको झिलिमिलीमा भक्तपुरको यो मौलिक कला र सांस्कृतिक महत्त्वले गर्दा यहाँको चहलपहल हेर्न आउने विदेशी पर्यटकहरू पनि रम्ने गरेका छन्।

















































प्रतिक्रिया