इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने

इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव नेपाल ल्याईदै छ । त्रिभुवन विमानस्थलबाटै उनको शव आजै कञ्चनपुर पठाइने छ।

विपिनको शव बोकेको विमान फ्लाई दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आजै धनगढी पठाउने तयारी गरिएको हो।
धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घर लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिनेछ ।

विपिनको शव बोकेको विमान मंगलबार दिउँसो २३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरू दिउँसो त्रिभुवन विमानस्थल पुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ

Skip This
Skip This
Logo