आँचल नाथको आत्मदाह प्रकरणमा पाँच जना प्रतिवादी

आँचल नाथको आत्मदाह प्रकरणमा पाँच जना प्रतिवादी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आँचल नाथको आत्मदाह प्रकरणमा पाँच जनालाई दुरुत्साहन मुद्दाको प्रतिवादी बनाइएको छ ।

पुरानो सिनामंगल (पेप्सीकोला) मा डेरा गरी बस्ने आँचलले ९ गते आफ्नै शरीरमा आगो लगाएकी थिइन् । काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा असोज ११ गते उनको मृत्यु भएको थियो । सोही मुद्धामा पाँच प्रतिवादी किटान गरिएको हो ।

प्रहरीले दैलेखको भगवती नगरपालिका– १ घर भएका २६ वर्षीय सञ्जुलाई मुख्य प्रतिवादी करार गर्दै सरकारी वकिलको कार्यालयमा मुद्दा पेश गरेको हो । उनीसँगै रुकुमको चौरजहारी– ६ की अनु भनिने उर्मिला विक, सिन्धुपाल्चोककी २६ वर्षकी सरु भनिने सरस्वती भण्डारी, कैलाली, गौरीगंगा– १ स्थायी वतन भएका २२ वर्षीय राजेश बूढा र २२ वर्षकी लक्ष्मी बूढा पनि प्रतिवादी करार गरिएका छन् ।

Skip This
Skip This
Logo