बारा र पर्सामा ८ लाखले लगाए हैजाविरुद्ध खोप

बारा र पर्सामा ८ लाखले लगाए हैजाविरुद्ध खोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। बारा र पर्सामा विकराल मच्चाईरहेको हैजा विरुद्ध ८ लाखले खोप लगाएका छन् । सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरू गरेको थियो। १० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले बताएको छ।

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ। सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ।

बारा र पर्सामा गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ। हालसम्म ८५ प्रतिशतले खोप लिएका छन्। मुखबाट खुवाइने इयूभिकोल–एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ। यसको एक मात्रै दिइने छ। यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो। विज्ञका अनुसार खोप खुवाएको दुई सातापछि खोपको प्रभावकारीता ८२ प्रतिशत देखिएको छ। यो खोप एकवर्ष भन्दा कम उमेरकाले खानु हुँदैन। ज्वरो आइरहेको, झाडापखाला भएको वा कुनै सिकिस्त बिरामी भएको अवस्थामा खोप दिन हुँदैन। तर निको भएपछि खोप दिनुपर्छ।

सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था र अस्पताल, विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था, नियमित खोप सेवा सञ्चालन गर्न बाह्य खोप केन्द्र, मन्दिर, मजिस्द, बसपार्क, नेपाल भारतको सिमानाका मुख्य नाका र उद्योग, कारखाना, इटाभट्टा जस्ता अन्य स्थानहरू खोप केन्द्र राखिएको छ।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ। विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ। हैजाको जिवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ।

जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ। हैजा विरुद्धको खोप लगाईसकेपछी पनि हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शैलाचालयमा मात्रै दिसा(पिसाब गर्ने, साबुनपानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपाउनुपर्ने उनी बताउँछन्।

Logo