प्रादेशिक अस्पतालको मुहार फेर्ने शंकर गिरी, जसले जनसेवाका लागि आफ्नै परिवार भूले

प्रादेशिक अस्पतालको मुहार फेर्ने शंकर गिरी, जसले जनसेवाका लागि आफ्नै परिवार भूले

केन्द्रबिन्दु
900
Shares

काठमाडौँ । कहिलेकाहीँ नाम , नाम मात्रै रहदैन । कहिलेकाहीँ नाम योजना बन्छ , सोच बन्छ , सपना बन्छ र साकार पनि बन्छ । शंकर गिरि यस्तै एउटा नाम हो । जुन नाम प्रादेशिक अस्पताल पर्वतको लागि योजना पनि बन्यो , सोच पनि बन्यो , सपना पनि बन्यो र साकार पनि बन्यो । कायापलट गर्नको लागि समर्पण र उत्कृष्ट ब्यवस्थापन चाहिन्छ । जनविश्वास पनि समर्पित भएर काम गर्न सके र उत्कृष्ट ब्यवस्थापन गर्न सकेमा ह्वात्तै बढ्छ । त्यसैले भन्न सकिन्छ कि प्रादेशिक अस्पताल पर्वतको मुहार फेरिनुमा शंकर गिरीकै नाम आउँछ।

मस्तिष्कमा योजनाका चाङ्ग एवम् मनमा काम गर्ने हुटहुटी र उर्जा लिएर नेतृत्व गरेको खण्डमा के गर्न चाहिँ असम्भव छ र भन्ने कुरा यतिबेला शंकर गिरीले प्रादेशिक अस्पतालको कायापलट गरेर देखाएका छन । अस्पतालको उकृष्ट ब्यवस्थापन मात्रै हैन कि मनोबैज्ञानिक ब्यवस्थापन पनि झनै प्रेरक देखाएर अस्पताल ब्यवस्थापनको ईतिहासमा गिरीले आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन ।

उनको मनोबैज्ञानिक ब्यवस्थापन देख्दा मलाई कहि कतै पढेको एउटा कथा झट्ट मनस्पटलमा आईहाल्छ । एक पटक एउटा असुन्धान कर्ताले एउटा बिरामी माथी अनुसन्धान गर्छन् कि बिरामिलाई बाहिरी बाताबरण अथवा बाहिरको पर्यावरणले कस्तो असर गर्छ? भनेर । ती अनुसन्धान कर्ताले एक हप्ता जति त्यो बिरामीलाई यस्तो एउटा अस्पतालको वार्डमा राख्छन कि जुन वार्डको झ्यालबाट सुकेर मर्न लागेको रुख देखिन्थ्यो । त्यो बिरामिले त्यो रुख एक हप्तासम्म नचाहादा पनि त्यहि रुख हेर्दछ जसको कारणले नकारात्मक मनोबैज्ञानिक असर परेर बिरामी झन सिकिस्तै हुन्छ । त्यसपछी ती अनुसन्धान कर्ताले त्यो बिरामिलाई अर्को वार्डमा राख्छन् जुन वार्डको झ्यालबाट बाहिरको हराभरा बगैँचा र हरिया रुख देखिन्थे । जुन दृश्यले बिरामीलाई सकारात्मक मनोबैज्ञानिक असर परेर बिरामी बिस्तारै निको हुँदै जान्छ । यहाँ यो कथाको सार के हुन्छ भने अस्पतालमा उचित ब्यवस्थापन , उचित उपचार पद्धति मात्रै भएर पुग्दैन उचित मनोबैज्ञानिक ब्यवस्थापन गर्न सके पैसा तिरेर उपचार गर्ने बिरामिले निशुल्क उपचार लिन सक्दछ अर्थात मनोबैज्ञानिक ब्यवस्थापन निशुल्क उचार हो ।

शंकर गिरीले अस्पतालमा सौन्दर्यकरणको काम गरेर अस्पतालको बाह्य वातावरण यस्तो बनाईदिए कि पहिला डराएर अस्पताल छिर्ने मान्छे अहिले आनन्द लिन अस्पताल छिर्छ । पहिले बिरामी भएर मात्रै अस्पताल छिर्ने मान्छे अहिले सञ्चो हुँदा पनि फोटो खिच्न र रम्न अस्पताल छिर्छ । यहि सौन्दर्यकरणको कामले अस्पतालका वरिपरिका गमलामा मनमोहक फुल फुले , अस्पतालका भित्ताहरुमा मनमोहक चित्र बने , अस्पतालका बाहिर पुरानो झल्को दिने धारा बने र मुर्तीहरु बने । यहि ब्यवस्थापकीय कलाले नै गिरीको नाम अस्पताल ब्यवस्थापनको अग्रस्थानमा छ ।

गिरी आँफैमा गहन अध्ययन गर्ने ब्यवस्थापक भएकाले उनले उपचार पद्धति र अस्पतालका भित्री ब्यवस्थापनमा समेत आफ्नो अव्वलता देखाएका छन । उनकै कार्यकालमा अस्पताललाई डिजिटाईजेशन गरियो जसले गर्दा सेवा सुबिधा छिटो छरिटो बन्न पुग्यो ।

ड्रेस कोडको ब्यवस्थापन पनि उनकै परिकल्पना थियो । कर्मचारीको स्वास्थ्य बिमा गरेर कर्मचारी प्रति ब्यवस्थापकले देखाउने जिम्मेवारी र उदारता गिरीले सिकाएको महत्त्वपुर्ण पाठ हुनसक्छ जो कोहिको लागि । सि.सि. क्यामेराको जडान एवम नेट्रोकिङ्गको ब्यवस्था पनि गिरीकै पहलमा भएको थियो साथै फिजियो थेरापिको सुरुवात गिरी नै पुर्ण रुपले खटिएर अस्पतालमा पहिलो पटक सञ्चालनमा ल्याएका थिए ।

उनकै पहलमा हेमोडाईलेसिस बिस्तारित सेवाको सुरु भएर अहिले साविक धौलागिरीका हजारौँ बिरामी यो सेवाबाट लाभान्वित भएका छन । न्यानो कपडा घर ,आमा घर, कुरुवा घर,पोषण गृह १० बेड नितान्त गिरीकै पहलमा बनेका हुन ।

यी गृह निर्माणबाट पनि थाहा पाउन सकिन्छ कि गिरी कती उदार थिए र सेवा प्रवाहका लागि कती जिम्मेवार थिए। अस्पतालमा स्तनपान कक्ष निर्माण गरेर उनले हजारौं आमाले आफ्ना बच्चालाई खुल्ला ठाउँमा स्तनपान गराउँदा हुने सकसलाई मेटिदिए । अस्पतालको आफ्नै खानेपानीको ब्यवस्था नहुँदा गिरीलेनै दिलोज्यान लगाएर असम्भव भनिएको खानेपानीको योजनालाई कम लागतमा सम्पन्न गरेर उदाहरणिय काम गरेर देखाए । जसले गर्दा अहिले अस्पताल आफैसङ्ग पानीको राम्रो ब्यवस्था छ र पानीमा हुने खर्च पनि कम भएको छ ।

आफ्नो कार्यकालमा अपुरा भवन निर्माणलाई सम्पन्न गरेर सेवा बिस्तार एवम् नयाँ भवन निर्माण जस्ता कार्य पनि उनले आफ्नै कार्यकालमा गरे । त्यति मात्रै नभएर कयौँ शिविर सञ्चालन गरेर पर्वतका हजारौँ बिरामीलाई उपचार गर्ने वातावरण बनाए ।

शब गृहको निर्माण देखि लिएर शब बहान ल्याउने काम उनैले गरे । फोहोर ब्यवस्थापन तथा फोहोरलाई मोहरमा बदल्ने कामको परिकल्पना गरेर अस्पतालको फोहोर व्यवस्थापन गरे । अस्पतालका भित्री सडकहरुको निर्माण गर्दै ती सडकलाई सौदर्यकरण गरेर अस्पताल परिसरको वातावरण सुन्दर बनाउन उनले कुनै कसर बाकिँ राखेनन् ।टोकन सिस्टम लागू गरेर सेवाग्राहीको सकसलाई कम गर्ने काम मुक्त गरिदिए । अकस्मात भैपरी आउने जोखिमबाट साबधान हुनको लागि अस्पताल परिसरमा साईरन सिस्टम बनाएर उनले आफ्नो दुरदर्शी क्षमतालाई देखाए। पार्किङ दुई वटा, प्रतिक्षालयहरु,चौतारीहरु, ई रजिस्टर सिस्टम , ईबिटिङ्ग सिस्टम , रङ्गिन भिडियो एक्सरे जस्ता महत्त्वपूर्ण काम गरेर अस्पतालप्रतिको जनविश्वास बढाउन उत्तिकै भुमिका गिरीले खेले।

पर्वत जस्तो जिल्लामा दक्ष जनशक्ती स्थिर नहुने समस्या जताततै देखिन्छ । गिरीको कार्यकाल भन्दा पहिला प्रादेशिक अस्पताल पर्वतमा पनि यस्तो समस्या उच्च थियो तर उनको उचित ब्यवस्थापनले दक्ष जनशक्तिलाई स्थिर गराएर उपचारको सेवालाई अझ उत्कृष्ट बनाईदियो।

पोर्टेवल डि.आर. मेसिन , अक्सिजन पलान्ट र योजनाको क्यालेन्डरको सुरुवात समेत उनले गरे । प्रादेशिक अस्पताल पर्वतको ईतिहासमा पहिलो पटक सामाजिक परिक्षण उनैले गरे । यस्तो सामाजिक परिक्षण गर्ने साहस राखेको कारणले पनि उनको कार्यकौशलता उत्कृष्ट रहेको भन्न सकिन्छ । त्यस्तै अस्पताल वरिपरि नौ वटा चौतारा , खुल्ला जिम , साना तथा आकर्षक झरना , नर्सरी एवम् मन्दिर बनाएर अस्पतालको बाहिरी सुन्दरतालाई अझ मनमोहक मात्र बनाएनन् अस्पतालमा लैजाने सवारी साधनलाई ब्यवस्थित गर्न सुव्यवस्थित पार्क समेत निर्माण गरे।

उनले आफ्नो कार्यकालमा घरपरिवार लाई भूलेर जनसेवा भन्दै प्राय समय अस्पतालमै विताए । विरामीहरुको निरन्तर ख्याल गरिरहे । सुखः दुखःमा म छु नि भन्दै हौसलाको पात्र बनीरहे । कती समत य उनी बिरामीहरु सँगै अस्पतालमै बिताए । टाढाबाट आउने बिरामीका कुरुवाहरुलाई उचित खानपानसहित बासस्थानको व्यवस्था समेत आफ्नो खर्चमार्फत गरे ।

नेकपा (माओवादी केन्द्र) का उदयीमान युवा नेताका रुपमा समेत परिचित उनले यसरी कुशल व्यवस्थापकीय कला देखाएर प्रादेशिक अस्पताल पर्वतको पुर्ण रुपमा मुहारनै फेर्न सफल भए। पहिला व्यवस्थापकले अस्पताल खोज्थ्यो अहिले अस्पतालले व्यवस्थापक खोज्दैछ । उनले आफ्नो कार्यकालमा घरपरिवार लाई भूलेर जनसेवा भन्दै प्राय समय अस्पतालमै विताए । अस्पतालका विरामीहरुको निरन्तर ख्याल गरिरहे । गिरी जस्तै कुशल ,पारदर्शी, दुरदर्शी र सामाजिक कार्यमा सपर्पित व्यवस्थापक प्रादेशिक अस्पताले खोजीरहेछ र खोजीरहनेछ ।

Skip This
Skip This
Logo