काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २१ वर्षीय सोङ गुरूङ रहेका छन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको हो ।
भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो। यसअघि पनि प्रहरीले थापा र रायको हत्या आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरेको थियो।































प्रतिक्रिया