कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न

कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न

केन्द्रबिन्दु
0
Shares

हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको छ । तीन दिनसम्म चलेको भेलाले १९ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।

भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको घोषणापत्रमा उल्लेख छ । साथै भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

‘कम्युनिष्ट सरकार बनेपछि नागरिकले चर्को मूल्यबृद्धिको उपहार प्राप्त गरेको वर्तमान अवस्थालाई यो भेलालो गम्भिरतापूर्वक लिएको छ । मूल्यबृद्धिबारे एकातर्फ प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र मुल्यबृद्धिको विरोधमा आम विद्यार्थीहरुको शान्तिपुर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रदर्शन भएको छ । यसै क्रममा नेपाली काँग्रेस सुर्खेत जिल्ला कार्यलयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटान पुनः दोेहोरिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिन्छ ।’ घोषणापत्रमा उल्लेख छ ।

Logo