विश्वकप फूटबल हेर्नेक्रममा बिबाद भएपछि मोरङको उर्लाबारी–५ मा वडा सदस्यले खेलाडीलाई चक्कु प्रहार गरेका छन् ।
गएराति ३ बजे एरोमा होटलमा खेल हेर्ने क्रममा विवाद भएपछि उर्लाबारी वडा नम्बर ३ का वडा सदस्य सचिन शाक्यले सोही वडाका विशाल तामाङ चक्कु प्रहार गरेका हुन् ।घाइते तामाङको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने शाक्य फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
घाइते तामाङ मोरङ -११ बाट फुटबल खेलाडी हुन् भने चक्कु प्रहार गर्ने शाक्य तरुण दल मोरङका सचिव हुन् ।





























प्रतिक्रिया