हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्रीको आग्रह

हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्रीको आग्रह

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । हायात होटेलको सेवा सुचारु गर्न प्रधानमन्त्री सुशीला कार्कीले आग्रह गरेकी छन् । शान्ति सुरक्षाको जिम्मा सरकारले लिने भन्दै कार्कीले होटेल व्यस्वस्थापनसँग आग्रह गरेकी हुन् ।

हायात होटेलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनापछि प्रधानमन्त्री कार्कीले चासो व्यक्त गरेको उनले सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान छलफल गरेका छन् ।

अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको भन्दै विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेका छन् । “तपाईँहरू आत्तिन भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्,” खनालले भने, “हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।”

यसबारे आइतबार होटेल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo