जुन फूलमा
सुगन्ध खोजेथेँ म
ओइलिएर झर्यो।
तिम्रो गलामा
बसौला म सोचेथेँ
माला बनेर।
तिम्रै सोचको
कविता बनिदिम्ला
बिम्ब बनेर।
त्यो आनिबानी
खै किन मनपर्छ
जे जे गरे नि।
शिर झुकाइ
मुसुक्क मुस्कुर्याउछौँ
पीर लुकाइ।
पार्यौ पाशोमा
क्या मोहनी जादु छ
तिम्रो हाँसोमा ।
नजर लायौ
सजाएथेँ दिलमा
छुरा चलायौ।
तिम्रो कुराले
चुपचाप छ यो मन
हान्यौ छुराले।
मुटुको माया
हुँदो रैछ मुटुमै
चिरा परेनी।
हिँड लेकमा
लाउली रानीफूल
चुल्ठे केशमा।
हेरे कतिले
घायल नै बनायौ
लज्जावतिले।
क्यारी बिर्सुला
बिजुली चम्कदानी
तिमी सम्झन्छु।
आयौ बिहानी
जून चुहेको रात
शीत बनेर।
गाँसम्ला
अजम्वरी साइनो
छुट्दै नछुट्ने।
हजार फूल
फूल्छन बगैंचामा
थरी थरीका।
तिम्रो भएसी
बरु ज्यान मारेनी
माया नमारे।
टाढा भएनी
बिर्सन सक्दिन म
परान गएनी।
✍️ निर्मल पौडेल (एन पी घायल), पर्वत ।





























प्रतिक्रिया