खेलकुद मन्त्रालय मातहतका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

खेलकुद मन्त्रालय मातहतका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् । सोही क्रममा उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको भन्दै विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बढी बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको बताए ।

मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढने भन्दै उनले त्यसका लागि आफूलाई समय दिन आग्रह गरेका छन् । मन्त्री गुप्ताले भने ‘पहिला हामी कामै गरौं । काम गरेपछि त्यो निर्णयहरू हामी तपाईहरूको अगाडि प्रश्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईंहरूले हामीलाई पनि समय दिनुहोला । गुप्ताले फेरी भने, ‘हामीसँग सर्ट टाईम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ । त्यसो भएकाले हामी कामैतर्फ लाग्छौं ।’।

Skip This
Skip This
Logo