काठमाडौं ।

अर्जेन्टिनाले विश्वकपको आफ्नो पहिलो खेलमा आइसल्याण्डसंग एक एक गोलको बराबरीमा चित्त बुझाएको छ । "/>

मेस्सिको अर्जेन्टिना बराबरीमा रोकियो

मेस्सिको अर्जेन्टिना बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्जेन्टिनाले विश्वकपको आफ्नो पहिलो खेलमा आइसल्याण्डसंग एक एक गोलको बराबरीमा चित्त बुझाएको छ । विश्वकपको नवप्रवेशि टोली आइसल्याण्डसंग बराबरी खेल्दै अर्जेन्टिनाले एक अंकमा चित्त बुझाएको हो । खेलमा पाएको बीस भन्दा बढी गोलका अवसरलाइ अर्जेन्टिनाले सदुपयोग गर्न सकेको थिएन ।

खेलको १९औं मिनेटमा सर्जियो अग्गुवेरोले गोल गर्दै अर्जेन्टिनालाइ अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाइ अर्जेन्टिनाले चार मिनेट भन्दा बढी टिकाउन सकेन । खेलको २३औं मिनेटमा आइसल्याण्डका फिन्गोबासनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

विश्वकपमा पहिलो खेल खेल्दै गरेको आइसल्याण्डका लागि यो गोल ऐतिहासिक बन्यो । खेलको दोस्रो हाफमा सुपरस्टार खेलाडी लियोनेल मेस्सिले पेनाल्टिमा गोल गर्न चुकेका थिए । उनको प्रहारलाइ आइसल्याण्डका गोलकिपरले बचाएका थिए ।

खेलमा आइसल्याण्ड भन्दा धेरै मौका बनाएको अर्जेन्टिनाले कुनै पनि अवसरको सदुपयोग गर्न सकेको थिएन । खेलमा मेस्सि एक्लैले ९ शट प्रहार गरेका थिए । आजको बराबरीसंगै अर्जेन्टिनालाइ समुह डीबाट दोस्रो चरणमा पुग्न कठिन हुने भएको छ । यो समुहमा क्रोएशिया र नाइजेरिया छन् ।

Skip This
Skip This
Logo