काठमाडौं ।
रसियामा जारी फिफा विश्वकप २०१८ अन्तर्गत अहिले समूह डी का अर्जेन्टिना र आइसल्याण्ड भिडिरहेका छन् ।
पौने ७ बजेबाट सुरु भएको खेलमा अर्जेन्टिनाले पहिलो गोल गरेको छ । सर्जियो अगुरोले १९ औं मिनेटमा गोल गरेका हुन् ।
खेलमा रसिया विश्वकमा पहिलो जित दर्ता गर्दै दुबै टोली सुखद सुरुवात गर्ने दाउमा रहनेछन् ।
सम्भवतः अन्तिम विश्वकप खेलिरहेका अर्जेन्टिनाका स्टार लियोनल मेस्सीका लागि भने यो खेल जित्नुमात्रै हुनेछैन् उत्कृष्ट प्रदर्शन पनि गर्नुर्ने हुन्छ । शुक्रबारको खेलमा उनका प्रतिद्वन्दी रोनाल्डोले स्पेन विरुद्ध ह्याट्रिक गरेसँगै मेस्सी पक्कै पनि दबाबमा रहनेछन् । रोनाल्डोको ह्याट्रिक २१ औं संसकरणको पहिलो ह्याट्रिक हो ।

आज आइसल्याण्ड बिरुद्ध हुने खेलमा मेस्सीको जादू कतिको चल्ला ? सबैको चासो अहिले यसैमा टकेको छ । गएराती स्पेनजस्तो शसक्त टोलीविरुद्ध रोनाल्डो एक्लैको प्रदर्शनले सबैलाइ आश्चर्यचकित बनायो । रोनाल्डोको खेल हेरेका विश्वभरका फुटबल प्रशंसकले आज मेस्सिबाट पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा राख्नु स्वाभाविक हो । पछिल्लो एकदशक विश्व फुटबलमा यिनै दुइ खेलाडीको चर्चा चलिरहेको छ ।

तुलनात्मक रुपमा पोर्चुगलका रोनाल्डोलाई स्पेन बिरुद्ध ह्याट्रिक गोल गर्नु भन्दा आज मेस्सीलाइ आइसल्याण्ड केही सहज देखिएको छ । पोर्चुगल फिफा बरियातामा आफु भन्दा माथीको राष्ट्रसँग भिडेको थियो आज मेस्सि वरियातामा निकै तल रहेको आइसल्याण्डसंग भिड्दैछन् ।

त्यसैपनि राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गर्न नसकेको आरोपबाट मुक्त हुन खोजिरहेका मेस्सीबाट आज उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्न सकिन्छ । अर्जेन्टिना र आइसल्याण्ड अहिले सम्म एक अर्कासँग भिडेका छैनन् । अर्जेन्टिनो विश्वकपको समूह चरणमा पछिल्ला सात खेलमा एक खेलमा मात्रै पराजित भएको छ । उसले चार खेलमा जित निकालेको छ भने दुईमा बराबरी भएको छ ।































प्रतिक्रिया